तिम्रो बोली गुलाबको फूल मनमा भने काँडा रैछ झुटो मेरो वचन होइन पापी तिम्रो आँखा रैछ ।

माया प्रेमको अन्धकारमा हराएको मेरो दृष्टि नयन हेर्दा निर्दोष तिमी मनमा भने ढुसी रैछ ।

सुन्दरताको मोहजालमा तड्पाएर मेरो शरीर अङ्ग भङ्ग पारी शरीर बेच्ने तिम्रो चाहा रैछ ।

जीवनको नाटककी पारङ्गत कलाकार तिमी मायाको अमृतमा लोभ्याएर विष मिसाई पीलाउनु रैछ ।

तिम्रो केशको छायाँमा नै जीवन जिउँछु भन्ने मलाई त्यै केशको फन्दा बनाई प्याक्क पारी मार्नु रैछ ।